Logo
Logo

एसएसपी बढुवाको लफडामा दुई एसपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल प्रहरीमा रिक्त एक एसएसपीका लागि दुई एसपीको चर्को प्रतिस्पर्धा चलेको छ । विश्वराज पोखरेल डीआइजी बढुवा भएपछि एसएसपी पद रिक्त भएको हो । एसएसपी बढुवाको बिषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सचिव प्रेमकुमार राईबीच नै कुरा बाझिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंह एसएसपी बढुवा हुनका लागि गृहमन्त्री रामबहादुर थापालाई प्रभावमा पारिरहेका छन् । गृहमन्त्री थापाका पुत्र प्रतीकमार्फत् उनले रिक्त एक एसएसपीमा बढुवामा पर्न वातावरण बनाइरहेको गृहमन्त्रालय स्रोतले बताएको छ ।

 

अशोक सिंह र चन्द्रकुवेर खापुङ

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका एसपी चन्द्रकुवेर खापुङ र गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको बलबुतामा साउन १५ सम्म बढुवा रोक्ने खेलमा छन् । साउन १५ सम्म बढुवा रोक्न सके त्यसपछि नयाँ कार्यसम्पादन मूल्यांकनको नम्बर जोडेर मात्र बढुवा गर्नुपर्ने हुन्छ । त्यही भएर खापुङ एसएसपी बढुवा साउन १५ सम्म रोक्ने कोसिसमा छन् । खापुङको लागि गृहसचिव राईले साउन १५ सम्म एसएसपी बढुवा हुन नदिन लागेका छन् । मंसिरसम्म बढुवा रोक्ने र खापुङलाई बढुवा गर्ने खेल भइरहेको छ ।

अहिले बढुवा रोकिएपछि मंसिरसम्म नहुने भएकाले एसपी खापुङ रुपन्देही वा अरु कुनै जिल्लामा सरुवा हुने दाउमा छन् । साउन १५ सम्म बढुवा नभएपछि तत्कालका लागि एसएसपीको बढुवा अबरुद्ध हुने भएको छ । गृहमन्त्री थापा भने कर्मचारी प्रशासनका एसपी खापुङले भनेका काम नगरेपछि उनलाई सरुवा गर्ने र अर्को एसपी ल्याउने दाउमा छन् । तर सचिव राईले नै उनलाई च्याप्दै आएका छन् । एसपी बढुवामा पनि सचिव राईले खापुङलाई नै अगाडि बढाउनका लागि बढुवा रोक्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्