Logo
Logo

श्रीमान एउटामा, श्रीमती अर्काे होटलमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालमा अनौठा यौन अपराधका घटना हुन थालेका छन् । वैदेशिक रोजगार, इन्टरनेट र सामाजिक सञ्जालको प्रभाव तथा बढ्दो आधुनिकीकरणले गर्दा यौनमा समेत खुलापन आउन थालेको छ । यसले समाजमा विकृति पनि बढाउँदै लगेको छ ।

चितवनमा गत साता एउटा यस्तो घटना भयो, जसबाट प्रहरी अधिकारीहरुसमेत चकित भएका छन् । होटलमा छापा हान्ने क्रममा पत्याउनै नसकिने घटना प्रहरीले फेला पा¥यो ।

चितवन नेपाल प्रहरीको एसपीका लागि आकर्षक जिल्ला हो । त्यही भएर गत महिनाको सरुवामा निकै मारामार भयो । प्रचण्ड र गृहमन्त्री बादलको गृहजिल्ला भएकाले अन्ततः प्रचण्डका पिएसओ बसेका दानबहादुर मल्लले नै बाजी मारे ।

जिल्लामा नयाँ एसपी गएपछि होटलमा छापा हान्ने विकृति अझै रोकिएको छैन । उनले पनि त्यही शैली अपनाइरहेका छन् । गत साता भरतपुरका धेरै होटलमा छापा हानी उनले युवा÷युवतीलाई रंगेहात पक्राउ गरे ।

पक्राउ परेकाहरुमाथि छानबिन गर्ने क्रममा अनौठो भयो । पक्राउ पर्नेमध्ये श्रीमान–श्रीमतीसमेत थिए । उनीहरु एउटै कोठाबाट पक्राउ परेका होइनन् । फरक–फरक होटलमा अर्कै जोडीसँग भेटिएका थिए । श्रीमान–श्रीमती नै एकैपटक यौन पार्टनर खोज्दै एकै दिन होटलमा पुगेका थिए, पछि दुवैलाई तारेखमा प्रहरीले छाडेको थियो ।

प्रहरीका अनुसार सो दम्पती सम्पन्न परिवारकै हुन् । तर, दुवै एक–अर्कासँग सन्तुष्ट थिएनन् । त्यसकारण नयाँ पार्टनर बनाएर होटल धाउने गर्दथे ।

वैदेशिक रोजगारमा गएका युवकका श्रीमतीहरु त प्रहरीले छापा हान्दा हरेक पटक जसो पक्राउ पर्दछन् । एकातर्फ चितवन संगठित वेश्यावृत्तिको हव बनिरहेको छ भने अर्काेतर्फ ‘यौन पार्टनर’ बनाउने प्रवृत्तिसमेत देखिएको यस घटनाले पुष्टि गरेको छ । प्रहरीले भने बेला–बेलामा छापा हानेर आफ्नो लाइन मिलाउने काम मात्र गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्