Logo
Logo

कोपिलाको ‘आमाले पकाएको दर’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ साउन । गायिका तथा सञ्चारकर्मी कोपिला गौतम यसपालीको तीज गीत लिएकी आएकी छन् । कोपिलाको ‘आमाले पकाएको दर राम्रो’ नयाँ गीत सार्वजनिक भएको छ ।
गायक पशुपति शर्मासँग पोखरा फेवाताल, चन्द्र शर्मा र प्रचण्ड जिसीसँग चौतारी ताकेर जस्ता तीज गीतमा स्वर दिइसकेकी गायिका कोपिला गौतमले यसपालीको तीजमा ‘आमाले पकाएको दर राम्रो’ ल्याएकी हुन् । यसअघि पनि कोपिलाले तीज गीतलगायत पूर्वेली भाकादेखि पश्चिमको दोहोरी गीतसम्म गाइसकेकी छन् । उनले हालसम्म करिब दर्जन गीतमा स्वर दिइसकेको बतइन् ।
हालै सार्वजनिक ‘आमाले पकाएको दर राम्रो, आफैंले रोजेको वर राम्रो’ गीतमा गोविन्द मधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ ।
उक्त गीतमा सञ्चारकर्मी लोकराज अधिकारीको शब्द रहेको छ । यस गीतको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् भने गीतमा कोपिला गौतम आफैँ देखिएकी छन् । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्