Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

राष्ट्रपतिलाई प्रचण्डको चेतावनीदेखि नेपालको अडानले चीन खुसीसम्म


2.1k
Shares

१. प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु हुने, समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलका लागि भदौ ८ मा निवेदन दिन सूचना आह्वान गर्ने, भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेस गर्नुपर्ने, भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने, उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने, बन्दसूची असोज २२ मा प्रकाशन गरिने ।


२. नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र चीनका विदेश मन्त्री वाङ यीबीच द्वीपक्षीय भेटवार्ता, नेपालले एक चीन नीतिमा आफ्नो धारणालाई फेरि सार्वजनिक गरेपछि चीनद्वारा प्रसंशा, नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको टिप्पणी गरेपछि चीन खुसी, नेपाल र चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्दै आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमति ।


३. प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वास्त, विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न ढिला गर्न नहुने भनाइ, विधेयक फिर्ता नपठाउने विश्वास, विधेयक नागरिकता नहुने नेपालीको लागि ल्याइएको तर्क, विधेयक फिर्ता भए राम्रो नहुने चेतावनी ।


४. सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भइरहेको भनाइ, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सुझाव, नेपालमा कृषि बजारको अभाव नभएको दाबी ।


५. प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तोकिएकै समयमा हुने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भनाइ, हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख लक्ष्य भएको तर्क, निर्वाचनका लागि आवश्यक तयारी भइरहेको जानकारी, निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास ।


६. नेपाल पनि युक्रेन र अफगानिस्तानजस्तो युद्धभूमि हुन सक्ने खतरा रहेको नेकपा माओवादी केन्द्रका नेता देव गुरुङको भनाइ, नेपाल सैन्य युद्ध आतंकको खतरामा रहेको टिप्पणी, युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने चेतावनी, सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता कुण्ठित हुँदै आएको अभिव्वक्ति ।


७. प्रतिनिधिसभाद्वारा राष्ट्रिय सभाको सन्देशसहित दुई विधेयक पारित, तथ्यांक विधेयक–२०७८ र शपथसम्बन्धी विधेयक–२०७९ पारित, दुवै विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाद्वारा जानकारी, खानेपानी तथा सरसफाइ विधेयक–२०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ।


८. धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचकको ओरालो यात्रा कायमै, ५ दशमलब ९१ अंकले ओरालो लागेर दुई हजार ५६ दशमलब ८८ अंकमा झर्यो, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ इनडेक्स एक दशमलब ६८ अंकले घटेर तीन सय ९५ दशमलब ७५ मा सीमित, दुई सय १८ कम्पनीको ४६ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ रुपैयाँमा खरिद बिक्री ।


९. युक्रेनको मध्यभागमा गोलाबारी हुँदा कम्तीमा १२ सर्वसाधरण मारिए, निप्रोपेत्रोभस्क क्षेत्रमा ११ र जापोरिज्जिया क्षेत्रमा एक जना मारिएको गभर्नरको भनाइ, साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर, ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूलाई इमेल एकाउन्ट र फोन नम्बर दिएको पुष्टि ।


१०. सुनसरीमा जारी अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको फाइनलमा वाई पोन्टिङ र पशुपति स्कुल, पशुपतिद्वारा लिटिल पिस हेभन एक विकेटले पराजित, वाई पोन्टिङसँग ग्रिन पिस २६ रनले पराजित, फाइनल बिहीवार हुने, महिला राष्ट्रिय टोली फरवार्ड सावित्रा भण्डारीद्वारा भारतको केरेला महिला लिगको पहिलो खेलमै गोलको वर्षा, केरेला युनाइटेट एफसीविरुद्धको खेलमा सावित्रा एक्लैले गरे पाँच गोल ।

प्रतिक्रिया दिनुहोस्