Logo
Logo

ठगी आरोपमा प्रिन्सिपल पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन ।
विद्यालयमा लगानीको नाममा भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक प्रिन्सिपल पक्राउ परेका छन् ।


चितवनको नेशनल आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल राजकुमार दाहाललाई पक्राउ गरेको हो । खैरहनी नगरपालिका वडा नम्बर ८ मा रहेको ज्ञानसुधा इङ्गलिस स्कुल बिक्रिका नाममा उनले ठगी गरेका हुन् । सो स्कुलका सञ्चालक पदमा हुँदा विद्यालयको सेयर सदस्य बनाइदिन्छु भनी सोही ठाउँमा बस्ने समिता श्रेष्ठ र रत्नदीप अधिकारीसँग ठगी गरेका हुन् । दाहाललाई इलाका प्रहरी कार्यालय खैरहनीको विशेष टोलीले बुधवार दिउँसो पक्राउ गरेको हो । उनले समितासँग १ करोड १३ लाख ९५ हजार रुपैयाँ र रत्नदीपसँग ७ लाख रुपैयाँ लिएको खुलेको छ ।

पीडित समिताको जाहेरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दाहाललाई बुधवार नै चितवन जिल्ला अदालतबाट ठगी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्यलाई अगाडि बढाइएको समेत प्रहरी निरीक्षक साउदले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्