Logo
Logo

संसद खोल्न सभामुखले बोलाए सर्वदलिय बैठक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन । प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध भएपछि संसद सुचारु गर्न सभामुख कृष्णबहादुर महराले सर्वदीय बैठक बोलाएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार बोलाइएको बैठकमा सभामुखले संसद सुचारु गर्न दलका नेताहरूसँग छलफल गर्ने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जनाएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’सम्बद्ध नेता कुमार पौडेलको सर्लाही मृत्यु घटनाको अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आएका छन् भने सत्तासीन नेकपा स्थानीय स्तरबाटै उक्त घटना सहमतिमा पुगिसकेको र संसदीय समितिले छानविन गरिरहेको भन्दै संसदीय समिति गठनको विपक्षमा छ ।
राजपाले मधेस आन्दोलनको छानविन गर्न गठित पूर्वन्यायाधीस गिरिशचन्द्र लाल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको छ । साथै उसले कांग्रेसको मागलाई पनि साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्