Logo
Logo

हतियारधारी समूहद्वारा ४२ गोठालाको हत्या



जुबा, २५ पुस (एजेन्सी) । हतियारधारीको एक समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो ।
उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले सिन्ह्वालाई दिएको जानकारीअनुसार गत गत आइतबार यो घटना भएको हो ।
‘मुर्ले आदीवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ’, बिलुले भनेका छन् । उनले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकाँश महिला र बालबालिका रहेको बताए । घाइतेहरूको अवस्था स्थिररहेको र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् । घटना भएको क्षेत्र दशकौँदेखि साप्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्