Logo
Logo

धनुषा ३ बाट निर्वाचन लड्ने बिमलेन्द्रको घोषणा


1k
Shares

फाइल फाेटाे ।

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर-३ बाट उम्मेदवारी दिने बताएका छन् ।

जनकपुरधामबाट भारतको अयोध्याका लागि धार्मिक यात्रामा गएका १०२ जना यात्रीलाई जानकी मन्दिरको प्रांगणबाट बिदाई गर्दै नेता निधिले निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

नेता निधिले निर्वाचनमा लोकतान्त्रिक शक्ति एकजुट भई मिलेर जानुको विकल्प नरहेको बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि ५ दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्