काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।
बञ्चरेडाँडा जानेक्रममा फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् ।

स्थानीयवासीहरुले बाख्राको क्षतिपूर्ति माग गर्दै गाडी रोकेका हुन् । झण्डै एक महिनादेखि काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा फोहोरका डंगुर थुप्रिएको छ ।
सिसडोलमा रातिको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएपछि काठमाडौं महानगरपालिकाले आइतबारदेखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो ।














