काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएका छन् । अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि बैठक नै बस्न नसकेको पार्टीमा नयाँ अध्यक्षमा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाममा सहमति जुटेको छ ।

त्यसअनुसार आइतबार ३ बजे पार्टीको बैठक बोलाइएको छ । बाग्मती प्रदेशको संयोजक रहेकी बाँस्कोटा ३० वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए ।