Logo
Logo

अमिताभ बच्चनको ‘भाइरल’ तस्बिर (किन खिचे यस्तो तस्बिर ?)



काठमाडौं, २६ पुस । पछिल्लो केही दिनयता बलिउडका महानायक अर्थात सुपर स्टार अमिताभ बच्चनको एउटा तस्बिर शोसल मिडियामा भाइरल बनेको छ । यी महानायकले केही दिनअघि आफ्नो एक तस्बिर शोसल मिडियामा शेयर गरेका थिए (माथिको तस्बिर हेर्नुस्) । तस्बिरमा अमिताभ एक साधारण पलङमा सुतिरहेका देखिन्छन् । यिनै तस्बिरले भारतीय अनलाइन तथा शोसल मिडिया रंगिएका छन् ।
अमिताभ बच्चन पछिल्लो समय फिल्म ‘झण्ड’को सुटिङमा व्यस्त छन् । यो फिल्मको सुटिङ केही दिनअघि नागपुरमा भएको थियो । त्यतिखेरै लिइएको तस्बिर उनले ट्विटरमा शेयर गरेका थिए । अमिताभले तस्बिर शेयर गर्दै क्याप्सनमा ‘बेलगाडीको सवारी’ लेखेका छन् । तर उनी खटियामा आराम गरिरहेका देखिन्छन् । उनले उक्त तस्बिर आफ्नो फेसबुक पेजमा पनि शेयर गरेका छन् ।

अमिताभले फेसबुक पेजमा तस्बिरसँगै क्याप्सन लेखेका छन्, ‘यो मेरो यात्रा कहिलेसम्म होला ?’ साथै, उनले अर्को तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘यो तस्बिर शेयर गरिरहँदा मलाई कलेज लाईफको याद आइरहेको छ ।’
अमिताभ अभिनीत पछिल्लो ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएको थियो । त्यसपछि उनी अहिले ‘झुण्ड’को सुटिङ गरिरहेका छन् । यस फिल्मलाई ‘सैराट’जस्ता मराठी फिल्म बनाइसकेका नागराज मञ्जुले निर्देशन गरिरहेका छन् । यो फिल्मको कथा फुटबलमा आधारित रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्