नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । प्रधानमन्त्री समेत रहेका देउवाले बोलाएकोमा कोइराला भेट्न बालुवाटार पुगेका हुन् ।

उक्त भेटघाटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । शेखर समूहको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाएका हुन् ।














