Logo
Logo

नेपाल र नेपाली झल्काउँने दीपाको गीत (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ साउन । घरदेश छोडेर परदेश गएपनि नेपाल र नेपालीप्रति माया मर्दैन भन्ने सन्देश विहीबार सार्वजनिक म्युजिक भिडियो ‘म त छम्म छम्म’ले दिएको छ ।
अमासी राईको शव्द तथा संगीत र गायिका दीपा तामाङको आवाजमा रहेको गीत ‘म त छम्म छम्म’मा शब्दमा मात्र होइन दृश्यमा समेत नेपालको झल्को दिने प्रयास गरिएको छ ।
घाँस, दाउरा, नेपाली पोषाक र हरीयाली देखिने नेपालका जस्तै डाँडाकाँडामा छायाँकन गरिएको ‘म त छम्म छम्म’लाई निर्देशक तथा कोरीयोग्राफर नरमान राईले एक्सन–कट गरेका हुन् ।
थुप्रै म्युजिक भिडियोहरुमा अभिनय समेत गरिसकेका राई पछिल्लो समय कोरीयोग्राफी तथा निर्देशनमा बढी काम गरिरहेका छन् । भिडियोमा कुमारी राई, रेनुका चाम्लिङलगायतको अभिनय रहेको छ । भिडियोलाई राज लुङ्गलाईले छायाँकन तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्