काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा स्वागत गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले पुनर्विचार गर्न राष्ट्रपतिले गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेर नागरिकता विधेयक संशोधन गर्नुपर्ने जानकारी दिए ।

भट्टराईले राष्ट्रपतिले जे गरे, जनताको भावना अनुसार गरेको जानकारी दिए । नागरिकता विधेयक पास गर्ने क्रममा नै आफूहरुले संशोधन हालेर वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रवधानलाई निरन्तरता दिन खोजे पनि बहुमतले पेलेको भट्टराईले बताए ।
राष्ट्रपतिले दिएको सन्देश गठबन्धनले पालनाले उनले बताए । यदि फेरि बहुमतको बलमा अगाडि बढाउन खोजे आफ्नो दलले पोजिशन लिने भट्टराईले बताए ।














