Logo
Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने छ ।

यसअघि आइतबार माओवादी अध्यक्ष प्रचण्ड र डा. भट्टराईबीच सहकार्यका विषयमा छलफल भएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न डा. भट्टराई सहमत भएका छन् ।

उक्त सहमतिलाई पनि औपचारिकता दिने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्