Logo
Logo

कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी


1.5k
Shares

लमही । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।

यहाँ एकीकृत समाजवादी जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै चौधरीले भने, ‘कम्युनिष्ट पार्टीको २ तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संसदको २/२ पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने ? भनेर प्रश्न गर्न थालेका छन् ।’

एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको उनले आरोप लगाए । ‘ठुलो पार्टी हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठुलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’

कम्युनिष्टहरू शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुनुपर्ने बताउँदै सहरी विकास मन्त्री चौधरीले एकीकृत समाजवादी बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको धारणा राखे ।

कार्यक्रममा केन्द्रीय सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, युवा संघका जिल्ला अध्यक्ष हरिष गिरी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्