Logo
Logo

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


378
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्याह्न १२ बजे बस्ने भएको हो ।

उनका अनुसार मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा निर्वाचन केन्द्रित विस्तृत छलफल हुने उनले बताए ।

बैठकमा २२ बुँदे मागसहितको आन्दोलनको समीक्षा र भदौमा हुने तेस्रो चरणको आन्दोलनको प्रारुपबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्