Logo
Logo

एकीकृत समाजवादीको प्रवास कमिटीमा जिम्मेवारी बाँडफाँट


12.6k
Shares

शेरबहादुर परियार

युरोप । नेकपा एकीकृत समाजवादीको प्रवास ‘संगठन प्रवासी नेपाली एकता मञ्च’ प्रवास समन्वय कमिटीले सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटीका संयोजक प्रसाद शाहको अध्यक्षता तथा महासचिव डा.बेदुराम भुसालको प्रमुख आतिथ्यमा भएको भर्चुअल बैठकले सचिवालय गठन तथा जिम्मेवारी तोकेको हो । श्रीप्रसाद शाहको संयोजक रहेको १६ सदस्यीय सचिवालयको गठन गरेको छ ।

सुवास पोखरेल (जर्मनी), भीम कार्की(अमेरिका), राजकुमार बस्नेत(अस्ट्रेलिया), ध्रुव सुवेदी (अस्ट्रेलिया), रामहरी गैरे (कतार) तथा सागर रिजाल (जापान) सचिवालयको सदस्य छन् । अन्य सदस्यमा शेरबहादुर परियार (पोल्याण्ड), टीबी कार्की (कतार), भानुभक्त पोखरेल (नेपाल), सीता खरेल (अमेरिका), शुभराज बम्जजन (दक्षिण कोरिया), दोर्ण सिलवाल (जापान), उमेश मोक्तान(बेलायत), बाला घिमीरे (अमेरिका), गणेश कुँवर (अमेरिका) छन् ।

त्यसैगरी बैठकले विभिन्न ११ विभागको समेत गठन गरेको छ । सुवास पोखरेल स्कुल, ध्रुव सुवेदी संगठन, शेरबहादुर परियार प्रचार, टीबी कार्की आर्थिक, सीता खरेल महिला, गणेश कुँवर पर्यटन, दोर्ण सिलवाल संघ संस्था समन्वय, बाला घिमीरे समाज कल्याण तथा विपत व्यवस्थापन, राजु मानन्धर युवा तथा खेलकुद, शुसिल क्षेत्री कला तथा संस्कृति र राजु गुरुङलाई श्रम तथा रोजगार विभागको प्रमुख तोकेको छ ।

बैठकले नरेश श्रेष्ठ (कतार) संयोजक रहेको सल्लाहकार परीषद्समेत गठन गरेको छ । परीषद्को सदस्यमा कृष्ण खड्का (जापान), चेतनाथ भट्टराई (अमेरिका), मोहम्मद मुख्तदा मुसलमान (कतार), भरत पन्त(अमेरिका) सदस्य छन् । यस्तै चेतनाथ घिमिरे (अमेरिका) संयोजक रहेको अनुशासन आयोग गठन भएको छ ।

आयोगमा राजेन्द्र भट्टराई ( जापान), पदम गिरी( कतार) सदस्य छन् । हरि लामिछाने (अष्ट्रेलिया) संयोजक तथा दिनेश राज ज्ञवाली (जापान), सतिश रेग्मी (कतार) सदस्य रहेको लेखा आयोग गठन गरेको छ ।

संविधानमा हमला भएकाले विद्रोह : महासचिव भुसाल

बैठकलाई सम्बोधन गर्दै महासचिव डा. भुसालले केपी ओलीले लोकतन्त्र र संविधान माथि हमला गरेका कारणले विद्रोह गर्नुपरेको बताए ।

ओलीले नेपाली जनताले धेरै संघर्ष र मेहनत गरेर बनाएको संविधान च्यात्ने, भारतीय जासुसलाई बालुवाटारमै बोलाएर वाम्पन्थीको २ तिहाइ संख्या रहेको संसद विघटन गरेपछि सडकमा आउनुपरेको उनको भनाइ थियो ।

ओलीले व्यवस्था नै उल्ट्याउने साँठगाँठ गरेपछि लोकतन्त्र बचाउँन आफूहरूले कदम चालेको भुसालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्