
काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सोमबार ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) बार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन प्रवर्धनमा सरकारले काम गरिरहेको बताए । नेपालको पर्यटन क्षेत्रलाई पुर्नःउत्थान गर्न कार्ययोजना बनाएर कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ ।
‘आन्तरिक पर्यटनलाई बढावा दिदै बाह्य पर्यटन भित्र्याउन सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने बढ्छौं,’ उनले भने, ‘अहिले आरोहणमा नरहेका ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति दिन गृहकार्य भइरहेको छ ।’
टानको बार्षिक साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।