Logo
Logo

सिसडोल ल्याण्डफिल साइटका स्थानीयद्वारा आन्दोलन फिर्ता



काठमाडौं । नुवाकोटको सिसडोल–बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा लगाएको अवरोधको आन्दोलन फिर्ता लिएका छन् ।

शहरी विकास मन्त्रालयले दुई महिनाभित्र समस्या समाधान गर्ने संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारी प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।
यसअघि दुबै ल्याण्डफिल साइटका स्थानीयले १ भदौदेखि सधैँका लागि उपत्यकाको फोहोर ढुवानी बन्द गर्ने घोषणा गरेका थिए ।
मन्त्रालयको निर्णयअनुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिने छ । प्रभावित क्षेत्रका गाउँ–गाउँमा गन्धनिरोधक औषधि र स्वास्थ्यका सन्दर्भमा दैनिक कर्तव्यनिष्ठ हुन मेयर बालेन्द्र साहलाई समितिले ध्यानाकर्षण गराएको छ ।

स्यानिटरी ल्याण्डफिल साइटका सहायक ईन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार सोमबार बिहानैदेखि फोहोर उठ्न सुरु भएको छ । आइतबार दिउँसो बाख्रालाई ठक्कर दिएको भन्दै र तिनपिप्ले सडकखण्डमा फोहोर बोकेका ट्रकहरूले बाटोमै फोहोर फालेको निहुँमा अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्