Logo
Logo

वर्तमान सरकार मंसिर ८ गतेसम्म : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताएका छन् । सोमवार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने प्रधानमन्त्री देउवाले बताएका छन् ।

कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाले बताए ।

उपत्यकाभित्र बसोवास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा भएकोले यिनको खोजि गरी प्रकाशन गर्नु आजको प्रमुख आवश्यक्ता भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्