काठमाडौं । सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल हुने एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो । ११ सदस्यीय कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न समय दिइएको छ ।














