Logo

देउवा पक्षविरुद्ध शेखर पक्षले खबरदारी सभा गर्दै



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षले संस्थापन पक्षविरुद्ध खबरदारी सभा गर्ने भएको छ ।

भ्रातृ संस्थामा पार्टी सभापति शेबहादुर देउवाले एकलौटी गरेको विरोधमा खबरदारी सभा गर्न लागिएको एक नेताले जानकारी दिए । पार्टी र भ्रातृ संस्थाको मनोनित गर्ने पदमा संस्थापन पक्षले एकलौटी गर्दै गएको कोइराला पक्षको आरोप छ ।

‘त्यसको विरुद्धमा सभा गर्न लागेका हौं । भाद्र १ मा खबरदारी सभा गरिने भएको छ,’ एक नेताले भने । भ्रातृ संस्थामा शेखर निकट रहेकाहरुले संयुक्त रुपमा विरोध सभा गर्न लागेका हुन् । सभामा आफ्नो समूहका दोस्रो तहका नेताहरुले सम्बोधन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्