Logo
Logo

नागरिकता विधेयक फिर्ताले झन् बढी जटिलता आउने खतरा : लोसपा



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति असन्तुष्टि जनाएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक फिर्ता गर्दा झन् बढी जटिलता आउने खतरा औंल्याएका छन् । त्यस्तै, नागरिकता विधेयकलाई अबिलम्ब पारित गराउन सरकारसँग माग गरेको छ ।

‘नागरिकताको अभावमा लाखौं नेपाली नागरिक राज्‍य विहीनताको अवस्थामा रहेको, उच्च शिक्षा हासिल गर्ने देखि रोजीरोटीको समस्‍या, नोकरी, व्‍यापार- व्‍यवसायको समस्‍या, विदेश भ्रमण, वैदेशिक रोजगार, मतदानलगायतको दैनिक समस्याबाट समेत दिनानुदिन सामना गर्नुपरिरहेको अवस्थामा नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता गरिएकोमा झन् बढी जटिलता थपिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ठाकुरले राष्ट्रपतिको कदमबाट मधेश लगायत देशका विभिन्न भागमा रहेका नागरिक चिन्तित र निराश भएकोबताएका छन् ।

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्