Logo
Logo

कांग्रेसले आज निर्वाचनका लागि दर्ता गर्दै


315
Shares

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न दिएको समय आज सकिँदैछ।

सोमबारसम्म ६२ दलले निर्वाचन प्रयोजनमा लागि दल दर्ता निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। राष्ट्रिय मान्यता प्राप्त दलमध्ये सत्तारुढ दल नेपाली कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ।

नेकपा माओवादी केन्द्रले हिजो दल दर्ता गरेको छ। त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि यसअघि नै आयोगमा दल दर्ता गरिसकेको छ। सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मंसिर चारमा एकै चरणमा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्