Logo
Logo

राष्ट्रपतिलाई विवादमा नल्याऔं : एमाले



काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा नल्याउन आग्रह गरेको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै एमाले सांसद विशाल भट्टराईले राष्ट्रहितका लागि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक पुनर्रविचारका लागि संसदमा फिर्ता गरेको बताए ।

उनले भने, ‘नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरु विभाजित हुनुहुँदैन । राजनीतिक दलबीच सहमति कायम गरेर नागरिकतासम्बन्धी निर्णय गरौं ।’ उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको विषयलाई एमालेसँग नजोड्न समेत आग्रह गरे ।
उनले भने,’ प्रधानमन्त्रीज्यूसँग समेत परामर्श गरेपछि राष्ट्रपतिले विधेयक फिर्ता गर्नु भएको हो । राष्ट्रपतिलाई विवादमा ल्याउन आवश्यक छैन ।’

राष्ट्रपतिले सिंगो मुलुकको भावना बुझेर यो निर्णया लिएको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्