Logo
Logo

प्युठानबाट निर्वाचन लड्दै वामदेव



काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट हसियाहथौँडाबाट चुनाव लड्न सहमत वामदेव गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका छन् ।

यसअघि ०७४ सालको निर्वाचनमा बर्दियाबाट चुनाव लडेका गौतमले प्युठानबाट निर्वाचन लड्ने भएका हुन् । स्रोतका अनुसार गौतमले चुनाव चिह्नसँगै निर्वाचन क्षेत्रबारे पनि माओवादी केन्द्रसँग छलफल गरेका हुन् ।

०७० मा गौतमले प्युठान–१ र बर्दिया–१ बाट जितेका थिए । तर ०७४ मा उनी बर्दिया-१ बाटै पराजित भएका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाको मत हेर्दा प्युठानमा नेकपा एमालेको मत ३९ हजार ८७७ छ । यसैगरी नेपाली कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२ र एकीकृत समाजवादीको १ हजार ४१७ मत छ ।

प्रतिनिधि सभामा प्युठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ ।

प्रतिक्रिया दिनुहोस्