काठमाडौं । नेपाली कांग्रेसमा १० महिला केन्द्रीय सदस्य थप गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार १० केन्द्रीय सदस्य मनोनय गरेका हुन् ।

थपिएका केन्द्रीय सदस्यहरूमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) रहेका छन् ।
निर्वाचन आयोगमा आसन्न प्रदेशसभा र प्रतिनधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गराउन ३३ प्रतिशत महिला आवश्यक पर्ने भएपछि उनले महिला नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
आयोगमा पार्टी दर्ता गराउनका लागि ३३ प्रतिशत पुर्याउन आठ महिला सदस्य आवश्यक थियो ।















