Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

प्रचण्ड-बाबुरामको पुनर्मिलनदेखि चोलेन्द्रविरुद्ध कारबाही प्रक्रिया सुरुसम्म


1.6k
Shares

१. नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एकै ठाउँमा उभिए, आगामी निर्वाचनपछि एउटै केन्द्र बनाउले सहमति, सँगै उभिने कुरा धेरै ठूलो अर्थ राख्ने र अब कसैले रोक्न नसक्ने प्रचण्डको भनाइ, आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बाबुारमो भनाइ, गठबन्धनले बनाउने तालेमलको मापदण्ड अनुसार अघि बढ्ने, आगामी निर्वाचनको लागि संयुक्त दल दर्ता ।

२. आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेतृत्वको नेकपा एकता अभियानले नेकपा माओवादी केन्द्रकै निर्वाचन चिन्ह प्रयोग गर्ने, समाजवादीलाई आफूहरूको चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय भएको माओवादी प्रवक्ता कृष्णबहादुर महराद्वारा जानकारी, माओवादी र समाजवादीद्वारा निर्वाचन आयोगमा संयुक्तरूपमा निवेदन ।


३. महाअभियोग सिफारिस समितिको बैठक आह्वान, प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजे बस्ने, समितिको पहिलो बैठकको अध्यक्षता कांग्रेसबाट समिति सदस्य रहेका रामबहादुर विष्टले गर्ने, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध कारबाही प्रक्रिया सुरु हुने ।


४. खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारविरुद्ध निर्वाचन आयोगले थाल्यो कारबाही, एक लाख २३ हजार ७८३ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी, २१ हजार २३० जना खर्च विवरण बुझाए, नबुझाउनेलाई सात दिनभित्र कारण पेस गर्न निर्देशन, खर्च विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयलाई उपलब्ध गराउनुपर्ने ।

५. काठमाडौं महानगरपालिकाको फोहोर विसर्जन समस्य कायमै, काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई बञ्चरेडाँँडाका स्थानीयद्वारा अवरोध, प्रहरीद्वारा एक सेल अश्रुग्याँस र पाँच राउण्ड हवाईफायर, प्रहरीमाथि नै ढुंगामुढा र गुलेली प्रहार, आवश्यक बल प्रयोग गर्न सक्ने काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइ ।

फाइल तस्बिर

६. आफ्नो देश आफैँले बनाउनुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, देश अर्काले बनाइदिन्छ भन्ने आसा राख्न नहुने, अनावश्यक गफ दिन नहुने तर्क, चीन पनि तीन चार दशक अगाडि गरिब रहेको र आफ्नै मिहिनेतले अहिले समृद्ध बनेकाले नेपाललाई चिटिक्क र समृद्ध बनाउन सकिने अभिव्यक्ति ।


७. पेट्रोलियम पदार्थको मूल्य लगातार तेस्रोपटक घटेर आउँदा पनि नेपालमा घटेन, नेपाल आयल निगमले तत्काल मूल्य समायोजन नगर्ने, इन्डियन आयल कर्पोरेसन र नेपाल सरकारले उपलब्ध गराएको ऋण तिर्न बाँकी रहेकाले मूल्य समायोजन गर्न नसकिने भनाइ, निगम अझै मासिक ६२ करोड घाटामा, २३ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी, मासिक ब्याजमात्रै १४ करोड तिर्नुपर्ने ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो, दुई हजार ४० दशमलब शून्यमा ओर्लियो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् तीन दशमलब ७५ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ३९ मा झर्यो, दुई सय २१ कम्पनीको ६४ लाख ६ हजार सात सय ३८ कित्ता शेयर दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रूपैयाँमा खरिद बिक्री, १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट ।


९. केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित, रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गरको निर्वाचन आयोगका प्रमुख वाफुला चेबुकातीद्वारा जानकारी, विपक्षी नेता राइला अडिङगाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त, विश्व शाक्तिराष्ट्रहरूसँग अवरूद्ध भएको आफ्नो आणविक सम्झौता वार्तालाई पुनर्जीवन दिन इरानद्वारा लिखित जवाफ, म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय ।


१०. अर्को महिना नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप ८ समिति गठन, हस्पिटालिटी समितिको संयोजकमा एन्फा सदस्य मनीष जोशी, स्वास्थमा रमेश व्यञ्जनकार, होटल तथा यातायातमा पुरुषोत्तम थापा, प्राविधिकमा कृष्ण थापा, रेफ्री संवन्वयमा बुद्धि गुरुङ, समारोह समिति नारायण श्रेष्ठ, प्रचास समितिमा सरेश शाह, व्यवस्थापन समितिमा सरिला श्रेष्ठलाई तोकियो ।

प्रतिक्रिया दिनुहोस्