
काठमाडाैं। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दर्ताको निवेदन दिएका दलको रुजु आजदेखि सुरु हुने भएको छ ।
निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु गर्ने छ । दल जाँचका क्रममा कानून अनुसार छ की छैन, आवश्यक सबै कागजात प्राप्त भए/नभएको बारेमा परीक्षण गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले निवेदन दिएका छन् ।














