काठमाडौं । ग्यास चुलो विस्थापन गर्ने सरकारको नीति अनुसार खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने काम सिंहदरबारबाटै सुरु भएको छ । जसका लागि बुधबारदेखि सिंहदरबारभित्र ग्यासका सिलिण्डर लैजान रोक लगाइएको छ ।

विजुलीको खपत बढाउन सरकारले खाना पकाउन बिजुलीको प्रयोगको नीति अगाडि सारेको छ । उक्त सरकारी नीतिअनुसार सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।
आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारले बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाइएको थियो । सिंहदरबारभित्र रहेका मन्त्रालयहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ । तर, अब ती क्यान्टिनहरुले ग्यास प्रयोग गर्न नपाउने भएका छन् । जसका लागि उनीहरुले विद्युतीय चुलाको व्यवस्था सुरु गरेको बताएका छन् ।