Logo
Logo

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


इनरुवा, १८ साउन । सुनसरी सदरमुकाम इनरुवा ७ बर्छवामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।
यसैबीच सुनसरीको इटहरी २० पानीपियास्थित कोशी राजमार्ग जंगलमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धरान–८ का २३ वर्षीय सञ्जु अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकलले इटहरी आउँदै गरेको ना २ च ६६८९ नम्बरको बोलेरोलाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान–८ का २३ वर्षीय सञ्जु लडेका थिए ।
सडकमा लडेका सञ्जुलाई धरानतर्फ जाँदै गरेको मे १ ख २०४५ नम्बरको बसले किच्दा घटनास्थलमै उनको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार बोलेरोका चालक उदयपुरको बेलटार–३ का ४२ वर्षीय सन्तमान याक्खा र बसचालक झापाको मेचीनगर–१ का ४३ वर्षीय रमेश खतिवडा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्