
१. नेकपा माओवादी केन्द्रले टुंग्यायो स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने नेताको नाम, ४१ सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने, नाम बिहीबारको स्थायी समिति बैठकपछि सार्वजनिक गरिने, पदाधिकारी बनाउने भन्ने विषयमा फाइनल भएन ।

२. नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने नेकपा एकीकृत समाजवादीको निर्णय, वामहरु एकताको पहल माओवादी र एकीकृत समाजवादी गर्ने उपमहासचिव डा. गंगालाल तुलाधरको भनाइ, समितिमा अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताहरु रहने ।

३. आगामी मंसिर चार गते हुने निर्वाचनको सिट बाँडफाँटका सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक निष्कर्षविहीन, सिट बाँडफाँटको गृहकार्य भएपनि ठोस सहमति हुन सकेन, शीर्ष नेतासँग वान टू वान वार्ता गर्ने, स्थानीय निर्वाचन परिणामलाई आधार बनाउनुपर्ने कांग्रेसको अडान, ०७४ को निर्वाचन परिणामलाई पहिलो आधार बनाएर जनुपर्ने माओवादीको जोड ।

४. आगामी निर्वाचनको लागि सुरक्षा योजना बनाएर पेश गर्न आयोगको निर्देशन, अति संवेदनशील, संवेदनशील मतदान स्थल तथा मतदान केन्द्रहरूको विवरण तयार गरी सोहीअनुसारको सुरक्षाकर्मी खटनपटनको व्यवस्था मिलाउन आग्रह, सेवा निवृत्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, राष्ट्रिय सेवादल र स्थानीय तहका नगर प्रहरी र म्यादी प्रहरीलाई प्राथमिकता दिएर परिचालन गनुपर्ने ।

५. नेपाली कांग्रेस नेकपा प्रचण्डको कार्यकर्ता भएको केपी शर्मा ओलीको टिप्पणी, कांग्रेस लोकतन्त्र, नीति, विचार र सिद्धान्त सबै परित्याग गरेर प्रचण्डको पछिपछि हिँड्न थालेको भनाइ, प्रजातन्त्रका लागि लडेको, देशको हितमा काम गरेको इतिहास बोकेको कांग्रेसले आफ्नो पहिचान गुमाइसकेको तर्क, एमाले सुखी नेपाली र समृद्ध नेपालको गन्तव्यमा रहेको भनाइ, समाज रुपान्तरण र परिवर्तनका लागि राजनीति गर्नुपर्ने अभिव्यक्ति ।

६. काठमाडौं महानगरपालिकाको फोहोर विसर्जन समस्य कायमै, प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजाने खोजेपछि झडप, जबरजस्ती फोहोर खसाल्न थालेपछि स्थानीयद्वारा विरोध, फोहोर व्यवस्थापन गर्न काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारीहरू र जनप्रतिनिधिहरूको बैठक, निर्णय गर्ने तर कार्यान्वयन नगर्ने यसअघिका गल्ती दोहोरिन नदिने सहमति ।

७. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको कारबाहीप्रत्रिया अगाडि बढ्यो, प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधिको मस्यौदा तया, आन्तरिक कामकारबाही सुव्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएको ठहर, निर्वाचनले असर पार्नेतिर सांसदको ध्यानाकर्षण ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा कायमै, शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलब ६७ मा पुग्यो, कुल दुई सय २० कम्पनीको ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ रुपैयाँमा खरिद बिक्री ।

९.केन्याको राष्ट्रपतीय निर्वाचनको नतिजा उपविजेताद्वारा अस्वीकार, युद्धको वेवास्ता गर्दै युक्रेनी कामदार खानीमा व्यस्त, खानीको बाहिरी सतहमा रूसले हानेका गोलाबारीले मानिसहरू आक्रान्त, इन्धनको मूल्य वृद्धिका कारण बंगलादेशमा तत्काल आर्थिक संकटको सम्भावना नरहेको आइएमएफको भनाइ, इजरायलले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्दै ।

१०. नेपालको टि–२० वरीयता घट्यो, नेपालको वरीयता एक स्थान वरियता घट्दै १४ औं स्थानमा, वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि–२० विश्वकप सिधै खेल्न पाउने सम्भावना कठिन, ओडिआई ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख एक सय औं स्थानमा यथावत, सोमपाल कामी र करण केसीको वरियता खस्कियो, बलिङतर्फ सन्दीपले दुई स्थान सुधार गर्दै ४२ औं स्थानमा उक्लिए ।

.














