Logo
Logo

ठग्ने व्यक्ति नै ठगीए, छुटाउछु भन्ने व्यक्ति आफैं थुनामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ साउन ।
अरुलाई ठगी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति हिरासतमै रहँदा ठगिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेका आकिव जावेदलाई उनकै साथी महोत्तरीका प्रविण कुमार लाभले एक लाख रुपैयाँ लिएर ठगी गरेका हुन् ।


प्रहरीमा सेटिङ मिलाएर छाडिदिने भन्दै उनले ठगी गरेका हुन् । त्यसवापत उनले एक लाख रुपैयाँ लिएको खुलेको छ । प्रहरीले त्यससम्बन्धि सूचना पाएपछि लाभलाई समेत पक्राउ गरेको छ । अर्कालाई हिरासतबाट निकाल्ने भन्दा आफैं लाभ हिरासतमा पुगेका छन् । उनलाई ठगी मुद्दामै कारबाही अघि बढाइएको डिएसपी होबिन्द्र बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्