Logo
Logo

‘सुन भन्दा कम छैन, हराए डर छैन’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ साउन । नेपाली नारीहरुको महान् चाड तीज नजिकिँदै जाँदा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा आरके उदासी र बिनी आचार्यको स्वरमा रहेको तीज गीत ‘सुन भन्दा कम छैन, हराए डर छैन’ सार्वजनिक भएको छ ।
विशाल रायमाझिको शब्द/संगीत, लक्षुप्रसाद मल्लको एरेञ्ज, श्याम स्वेत रसाइलीको मिक्सिङ् रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आशिक राईको निर्देशन रहेको यो गीतको भिडियोमा अनु शाह र आरके उदासीको नृत्य अभिनय रहेको छ । रामकृष्ण चौलागाईंको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।
तीजको अवसरमा एउटा राम्रो मौलिक तीज गीत स्रोता÷दर्शकमाझ पस्किएका छौ, स्रोता÷दर्शकले मन पराउनुहुनेछ भन्नेमा आशावादी छौ, निर्देशक आशिक राईले भने । उनी पछिल्लो समय सबैको रोजाईमा परेका निर्देशक हुन् ।
धेरै गीत मार्फत स्रोता दर्शको माया पाएका गायक आरकेको यो पहिलो तीज गीत हो । ‘मेरा अन्य गीतलाई जस्तै यसलाई पनि मन पराइदिनु हुने छ भन्ने आशा लिएको छु’, आरकेले भने ।

प्रतिक्रिया दिनुहोस्