Logo
Logo

हिमानीले सुनाइन् पूर्वराजा ज्ञानेन्द्रको सन्देश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ साउन । पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश पढेर सुनाएकी छन् । आइतबार पत्रकार सम्मेलन गर्दै भूकम्पपछि हिमानी ट्रष्टले गरेको मानवीय सेवाका विषयमा जानकारी गराउनेक्रममा उनले पूर्वराजा शाहको सन्देश सुनाएकी हुन् । कार्यक्रममा पूर्वराजा शाहले लेखेको पुस्तक ‘सन्देश संग्रह’ सार्वजनिक गरिएको थियो ।
ट्रष्टको कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलन गरेर हिमानीले पुस्तक विमोचन गरेकी थिइन् । नेपालमा भएका प्राकृतिक विपत्तिमा विभिन्न समयमा ट्रष्टले राहत उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् । २०७२ सालको भूकम्पमा पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म राहत वितरणमा ट्रष्ट लागिपरेको पूर्वराजाको सन्देशमा उल्लेख छ ।
पुस्तक बिक्रीबाट उपलब्ध रकम कोषमै जम्मा गरिने र उक्त रकम सामाजिक कार्यमा खर्च गरिने शाहले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्