Logo
Logo

सदन अवरोध हटाउन कांग्रेस र राजपा सहमत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा सदन अवरोध हटाउन सहमत भएका छन् । सोमबार बसेको सर्वदलीय बैठकमा सर्लाही घटनालगायत गैरन्यायिक हत्याको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका हुन् ।
सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएपछि संसदको अवरोध हटेको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जनाएका छन् ।
समितिमा रहने सांसदको नाम सभामुखले संसद बैठकबाटै पढेर सुनाउने सहमति सत्तापक्षीय– प्रतिपक्ष दलले गरेका हुन् । कांग्रेस र राजपाले गैरन्यायिक हत्याको छानबिनलगायतका विषयमा सरकार गम्भीर नभएको भन्दै संसद्मा अवरोध गर्दै आएका थिए ।
यसका साथै अब पुनः गतिरोध हुन नदिन आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति समेत गठन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्