Logo
Logo

अर्यालको यसरी फूल्यो ‘प्रेमको फूल’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ साउन । गीतकार राजेश अर्याल ‘प्रेमको फूल’ बोलको गीत लिएर आएका छन् । सार्वजनिक गीतमा अहिलेका चर्चित गायक शिव परियारको स्वर रहेको छ । यस गीतलाई भुपू पाण्डेले संगीत गरेका हुन् ।
अर्यालले गीतमा यसपटक मार्मिक शब्द प्रयोग गरेका छन् । उनले आफ्नो गीतमा कारुणिक प्रेमभाव उनेका छन् । त्यसो त उनका हरेक गीतमा प्रेमभाव झल्किएको हुन्छ । उनी भन्छन्, ‘तर, यसपटक गीतलाई अझ बढी सुन्दर बनाउने प्रयास गरेको छु ।’
उक्त गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र आकाश श्रेष्ठले अभिनय गरेका गरेका छन् । शान थापाको निर्देशन र सुप्रिम पराजुलीको सम्पादन रहेको उक्त भिडियोलाई दर्शकले रुचाएका छन् । यस भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।
उक्त भिडियोलाई रिलिज गरिएको छोटो समयमै राम्रो यु–ट्युबमा श्रोता तथा दर्शकले रुचाउका छन् । आफ्नो गीत तथा भिडियोलाई दर्शकले रुचाएकामा गीतकार अर्याल खुसी छन् । भिडियोमा प्रेम र धोकाका कुरालाई प्रस्तुत गरिएको छ ।
लगानी र मिहिनेतअनुसार भिडियोको रेस्पोन्स पाएकाले खुसी लागेको उनले सुनाए । उनले भने, ‘दर्शकबाट पाएको यो मायाले हौसला बढेको छ ।’ लामो समयदेखि अमेरिकामा बस्दै आएका उनले गीतसंगीतलाई पनि साथै अँगाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्