Logo
Logo

हामी किन बिटुलिँदै गयौँ ?


– घनश्याम भुसाल


– घनश्याम भुसाल

मै खाऊँ, मै लाऊँ वाला कुनै विचार, सिद्धान्त मरेर गएको छ । निरन्तर केही कुरा बाँचेको छ भने समाजवाद बाँचेको छ । वेदभित्र आज सम्झन लायकका कुरा छन्् भने त्यसले समाजवाद बोल्छ, त्यही नै बाँचेको छ । इस्लाममा पनि सबैलाई समान ठान्नु, कोही पनि मुसलमान सानो र ठूलो हुँदैन । सबैलाई उपकार गर्नुपर्छ, ब्याज लिनु हुँदैन । यिनै कुरा सबभन्दा राम्रा छन्् । क्राइष्टकै बारे पनि त्यही कुरा हो । उनको सबैभन्दा महत्वपूर्ण प्रश्न के हो भने एउटै ईश्वरका सन्तान हौं भने किन सानो र ठूला छौं ? यो युगिन प्रश्न थियो । दुई हजार वर्षपछि पनि हाम्रो साहित्य, संस्कृति, राम्रो ज्ञान, विज्ञान, चिन्तनको परम्परा यही प्रश्नको वरिपरि छ ।

घनश्याम भुसाल

समाजवादको कुरा गर्ने भनेको मान्छेको कुरा गर्ने हो । एउटै मानव जातिभित्र ठूलोसानो व्यवहार नहोस् । यस अर्थमा के हो समाजवाद ? मैले सोझो अर्थमा भन्ने गरेको छु– दुःखसुख बराबरी । समाजवादी यही हो । दुःखसुख मानव जातिमै हुन्छ । समाजवादमा मेरो सुख, तेरो दुःख हुँदैैन । जति सुख छ मानव जातिको हुन्छ, दुःख पनि मानव जातिकै हुन्छ । यही आदर्शको परिवरि हजारौं वर्षदेखि संसारभर बहस चल्दैछ ।

समाजवादका लागि भौतिक उत्पादनका हिसाबले भन्ने हो भने आज संसार समाजवादका लागि राम्ररी खान, राम्ररी बस्न, औषधिउपचार गर्न, शिक्षा, स्वास्थ्यमा सबैको पहुँच र व्यवस्था गर्न मानव जातिले त्यत्रो वैभव सिर्जना गरिसकेको छ ।

नेपालमा प्रजातन्त्र आएको २००७ सालमा, पछि आफूलाई समाजवादी भन्ने पार्टी गएको ७० वर्षदेखि सरकारमा छ । बीचमा अलिकति घटाउँदाखेरि । आफूलाई कम्युनिष्ट पार्टी भन्ने पार्टीका मानिसहरू गएको २९ वर्षदेखि करीब–करीब हामी पनि कम्युनिष्ट पार्टीकै नामबाट सरकारमा छौं ।

वितरणको व्यवस्था गर्ने राजनीतिक पार्टीको उपस्थिति तिनको प्रभावका हिसाबले भन्ने यस्तो अवस्था छ । तर, आज पनि मुलुकमा छुवाछूत छ, गरीबी छ, विभेद छ । बच्चाहरू भोकले किलकिल परिरहेको हेर्न नसकेर आमाले विष ल्याएर बच्चाहरूलाई खुवाउँछिन्् । आफू पनि खान्छिन्् । बच्चाहरू पनि मर्छन्, आमा पनि मर्छिन् ।

देशको यत्रो ठूलो ४०्५० लाख युवाहरू जसका पसिनाले धर्ती सृजना गर्ने हो र धर्ती राम्रो बनाउने हो । तिनीहरू बाहिर छन्् । असाध्यै डरलाग्दो नारकीय जीवनमा उनीहरू बाँचेका छन्् । ००७ सालपछि, ०४७ सालपछि हामी सरकारमा छौं, हामी राजनीतिको बागडोर सम्हालिराखेका छौं । समस्याहरू यस्ता छन्् । समाजवादको विमर्श यसैकारण जरुरी छ । यत्रो समयपछि पनि केही गर्न सकिरहेका छैनौं ।

पुष्पलालले जुन सुरुवात गर्नुभयो, एउटा संगठित अभियान, जसमा श्रमजीवीहरू, हेपिएकाहरू, पछाडि परेकाहरू, नपढेकाहरू, रोगीहरू, चाँडो मर्नेहरू, चाँडो रोग लाग्नेहरू, सम्पत्तिमा पहुँच नभएकाहरू समस्त जनगणको राज्य हुने, तिनले शासन गर्छन् भन्ने कुरा जतिखेर २ प्रतिशत मानिस मात्रै साक्षर र राणा शासन थियो ।

त्यो बेलामा यस्तो कुरा गर्दै पुष्पलालले समाजवादको संगठित प्रयत्नको शुरु गरेका थिए । समाजवादकै लागि भनेर पार्टी खोले । आज फर्केर हेर्दा वास्तवमा त्यतिखेर पुष्पलाल ठूलो घराना, जमिनदारीबाट आएको, ठूलो पढेको पनि होइन, पुष्पलालसँग चिनाउने केही थियो भने उनका दाजु गंगालाल शहीद थिए ।

भर्खरको युवा राजनीतिमा समर्पित भएर लाग्यो । प्रजा परिषद्मा भाग लियो, प्रजातान्त्रिक संघ बनायो, पछि राष्ट्रिय कांग्रेसमा गयो । सबै ठाउँमा जाँदाखेरि पुष्पलालले खोजेको कुरा पनि श्रमजीवी वर्गको मुद्दा, त्यो वर्गलाई मुक्त गर्ने कुरा नै खोजका हुन् । त्यही क्रममा २४ वर्षमा पुष्पलालले कम्युनिष्ट पार्टी खोल्न पुगेका हुन् । २००६ सालमा पार्टी गठन भयो । २००७ सालमा क्रान्ति भयो । आज कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमत छ । तर, समस्या बाँकी छन्् । हाम्रा सरकार र पार्टीका नारालाई अर्थ–राजनीतिक सैद्धान्तिक पृष्ठभूमिमा हेरिएन भने यसले खुट्टाले टेक्दैन । जनतालाई नयाँ परिवर्तनतर्फ लैजाँदैन । अनि जनता निराश हुन थाल्छन् ।

विश्वका धेरै मुलुकमा प्रतिक्रियावादी भनिएको वर्ग (जमिनदार पूँजीपति) ले पनि धेरै सुधार गरेको छ । जर्मनीमा जमिनदार वर्गले न सुधार गरेको हो । रुसमा भने रूपान्तरण हुन सकेन । राजतन्त्र यसै त प्रतिक्रियावादी हो । त्यसमाथि राजा महेन्द्रले भूमि सुधार लागू गर्नुपर्ने बेलामा भूमिसुधार लागू नगर्नु सबैभन्दा ठूलो प्रतिक्रियावादी चरित्र हो । त्यो बेला नेपालको अधिकांश जमिन जमिनदारको थियो ।

अरू मुलुकमा भूमिसुधार लागू भइरहेको थियो । ०१७, ०१८, ०२० तिरै भूमिसुधार गर्न सकेको भए नेपाली समाज धेरै अगाडि जाने थियो । भूमि सुधार लागू नभएपछि ऐतिहासिक रूपले बाटो बिरायो । यसको १५ वर्षपछि राजतन्त्र स्वदेशी उत्पादनभन्दा बन्द व्यापार गर्ने, उद्योग धन्दाका नाममा र व्यवसाय गर्न संस्थानहरू बनाउने र त्यसबाट आउने स्रोत चुसेर आफ्नो श्रीवृद्धि गर्ने बाटोमा लागिसकेको थियो । उद्योग धन्दा खोल्नेतिर गएन । बाहिरबाट व्यापारलाई बढाउने र कमिशन खाएर बस्ने चलन शुरु भयो ।

यसरी हिजोको सामन्त वर्ग दलाल पूँजीपति वर्ग बन्न गयो । यो वर्ग जुन व्यापार, उद्योगमाथि राज गरेर बस्थ्यो, दरबारले त्यसको नेतृत्व गथ्र्यो । ०४७ मा प्रजातन्त्र ल्याएपछि त्यसलाई नियन्त्रण ग¥यौं, त्यसलाई सामन्तवादको अन्त्य भनियो । ०४७ सालपछि सरकारमा रहनेहरूले के ग¥यौं भनेर फर्केर हेर्दा, हामी राजाकै बाटोमा हिंड्यौं । अझ फैलाएर लग्यौं । त्यसपछि त हामीले भएकै उद्योगलाई बेच्ने, त्यसलाई घाटामा लैजाने, त्यसबाट कमिशन खान थाल्यौं ।

श्रमजीवीका पक्षमा केही गर्ने, भूमिसुधार गर्ने, स्वदेशी उद्योग विस्तार गर्नेतर्फ राज्य जाँदै गएन । सम्पूर्ण प्रजातान्त्रिक कालमा र पछि द्वन्द्वलाई पनि त्यसैमा हाल्ने हो भने नयाँ संविधान बनाउँदासम्म राजनीतिक अर्थशास्त्रको हिसाबले राजा हिंड्ने बाटोमै हिड्यौं । राजाले २५ वर्षले हिंडेकै बाटोमा हिंड्यौं, त्यसलाई अझै फैलायौं । कमिशन खाने भयौं । झांगिदै गयो ।

०४७ सालपछि कम्युनिष्ट पार्टीका नाममा राज्यमा हामी पनि सहभागी भयौं । लामो समय सरकारमा जानेआउने गर्दाखेरि राज्यको चरित्र बदल्ने, दलाल पूँजीपति वर्गको गठबन्धनलाई बदल्ने वा कमजोर पार्ने कुरामा कुनै तात्विक फरक आएन । बरू, कम्युनिष्ट पार्टीमा समेत ठूलो राज्यमा जाने, माथि जाने, माथि गएपछि दलाल पूँजीवादी राज्यमा के गर्नुपर्छ, त्यही गर्ने ग¥यौं । हामी पनि बिटुलिंदै गयौं ।

पुष्पलालले शुरु गरेको दिशामा के–के भयो ? यो मुलुक गणतन्त्र हुन्छ भनेका थिए । गणतन्त्र भनेको आमजनताको तन्त्र हो । ती समस्त पीडित, उत्पीडित श्रमजीवी मजदुर किसानको तन्त्र हो । यस परिभाषाअनुसार गणतन्त्र महत्वपूर्ण उपलब्धि हो । तर, यो गणतन्त्रलाई समाजमा हाम्रै जीवनमा कति ल्याउन सक्यौं ? त्यसको मूल्यांकन गरिनुपर्छ ।

आर्थिक जीवनमा, सामाजिक जीवनमा, महिला पुरुषहरूको जीवनमा आए कि आएन ? दलित र गैरदलित बीचमा आए कि आएन ? मधेसी–पहाडी, दुर्गम र सुगम बस्नेहरूबीचमा समानता भयो कि भएन ? देखिएकै कुरा हो–समयसँग आएको हावाका झोक्काहरूले हानेर जति परिवर्तन ल्यायो । हामीले यो परिवर्तन ग¥यौं भनेर देखाउने केही छैन । अब गर्ने के ? राज्यको मुख्य चरित्र दलाल पूँजीवादी नै हो । किनभने, एक खर्बको बिक्रीमा १३ खर्ब आयात गर्छौं । त्यो बीचको १२ खर्ब रुपैयाँ कहाँबाट पूर्ति गर्छ भने ५० लाख मानिसलाई अरब र खाडीमा ऊँट चराउन लगाएर तिनले पठाएको रेमिट्यान्सले पूर्ति हुन्छ । यस्तो छ हाम्रो देशको अवस्था ।

पूँजीका दुई चरित्र छन्् । उत्पादक चरित्र– नाफा त गर्छ । नाफासँगै रोजगारी पनि सिर्जना गर्छ । पूँजी लगानी गरेपछि रोजगारी सिर्जना हुन्छ, कर तिर्छ । त्यही करबाट बाटोघाटो, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणमा राज्यले खर्च गर्छ । यस्तो पूँजी उत्पादनशील पूँजी हो । राष्ट्रिय पूँजी र उद्यमशील पूँजी हो । दलाल पूँजी– यसले रोजगारी सिर्जना गर्दैन । बाहिरबाट सामान लिएर आउँछ । यस्ता फिनिस्ड गुड्स् लिएर आउँछ । जसले भएकै रोजगारी पनि खोसिदिन्छ । अनि, बजार थाम्न सक्दैन गाउँको मान्छेले । आफ्नै जमिनबाट उखेलिएर सदरमुकाम आउँछ ।

त्यहाँ रोजगारी मिल्दैन, विदेशतिर पलायन हुन्छ । त्यस्ता मान्छेले पठाएको रेमिट्यान्सले हाम्रो मुलुक चलेको छ । त्यसैले यो दलाल पूँजी हो । उद्यमशील पूँजी होइन । आजको अर्थ राजनीतिक समस्या भनेको दलाल पूँजीवादको समस्या हो ।

(भुसालद्वारा वीरगञ्जमा आयोजित एक कार्यक्रमको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्