प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका बरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
सिंगापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका छन् ।
यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवंगत नेत्रीलाई प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गर्नुभएको भूमिकाको स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्