Logo
Logo

सिर्जनशील लघुवित्तको आईपीओ बिक्री खुला


315
Shares

काठमाडौं । सिर्जनशील लघुवित्तको प्राथमिक सेयर (आईपीओ) आजबाट बिक्री खुला भएको छ।

लघुवित्तले प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ आजबाट बिक्री खुल्ला गरेको गरेको हो।

कुल सेयरमध्ये पाँच हजार ४७० कित्ता कर्मचारीहरूका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ। बाँकी रहेको तीन लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्