Logo
Logo

जस्मिन फिटनेशको वार्षिकोत्सवमा सेलिब्रेटी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ साउन । ‘जस्मिन फिटनेश क्लव एण्ड स्पा’ले सेलिब्रेटीहरुको बाक्लो जमघट गराउँदै आफ्नो ११औँ वार्षिकोत्सव मनाएको छ ।
त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको फोर्थ फ्लोरमा रहेको उक्त फिटनेश क्वलको वार्षिकोत्सवमा नेपालका चर्चित र ख्यातीप्राप्त कलाकार तथा सेलिब्रेटीहरुको बाक्लो उपस्थिति थियो । यस फिटनेश क्लवले यही गएको शनिबार राजधानीमा भव्यरुपमा आफ्नो वार्षिकोत्सव मनाएको हो ।


कार्यक्रममा पछिल्लो समयका चर्चित अभिनेता प्रदीप खड्का, यस वर्षको मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मिरा कक्षपति, मिस नेपाल सुपरनेशनल रोज लामालगायतका सेलिब्रेटीहरुको उपस्थिति थियो । अभिनेता खड्का उक्त फिटनेश क्लवका ब्राण्ड एम्बेस्डर हुन् ।


त्यस्तै कार्यक्रममा मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका अध्यक्ष गोपाललाल कक्षपति, सर्वोच्च अदालतको न्यायाधिश सपना प्रधान मल्ललगायतका विभिन्न व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।
सञ्चारकर्मी तथा मोडल सुष्मा लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रल्हाद तिमिल्सिना, अनिता चलाउनेलगायतका कलाकारले गीतसंगीत प्रस्तुत गरेका थिए । कार्यक्रम प्रस्तोता सुष्मा डिल्लीबजारस्थित कुसुम द बुटिकले तयार पारेको पहिरनमा प्रस्तुत भएकी थिइन् ।


सेलिब्रेटीका लागि चर्चित उक्त फिटनेश क्लवलाई सुनिलकुमार धानुकार, निरोज लामा र गुञ्जमान हिराचनले सञ्चालन गर्दै आएका हुन् । उक्त फिटनेश क्लवमा रुफटफ स्विमीङ पुल, जीम, स्पा (लेडिज एण्ड जेन्स), स्टिम, ब्युटि पार्लर, सैलुन, मसाज (लेडिज एण्ड जेन्स) क्याफेलगायतको सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्