Logo
Logo

बृद्धभत्ता लिन गएका मृतावस्थामा भेटिए


- दृष्टि न्युज/संवाददाता


विदुर, २३ साउन । नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा बिहीबार भेटिएका छन् ।
वृद्धभत्ता लिन जान भनी घरबाट बिहानीपख वडा कार्यालयतर्फ निस्किएका सार्की साँझसम्म पनि घर नआएपछि सार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा खोजतलासका लागि खबर गरेका थिए ।
प्रहरी, स्थानीयवासी र सार्कीका परिवारसहितका टोलीले खोज्ने क्रममा सार्कीका घरबाट केही पर बारीको पाटामा उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले बताए । प्रहरी निरीक्षक फुयाँलका अनुसार शवपरीक्षणका लागि त्रिशूली अस्पतालमा पठाई घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्