दाङ । दाङमा एक युवाको टिकटक बनाउँनेक्रममा भीरबाट खसेर मृत्यु भएको छ । शनिबार साथीहरूसँग घुमघामका लागि दाङ–सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर–३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजेतिर भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरी निरीक्षक बखत शाहीका अनुसार मृतक केसी तुलसीपुर–७ का बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पु¥याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।











