Logo
Logo

विष्णु पौडेलको दावी- कुनैपनि पार्टीसँग एक्लै चुनाव लड्ने हिम्मत छैन


882
Shares

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अन्य कुनैपनि पार्टीसँग आफ्नो मात्रै खुट्टामा उभिएर एक्लै चुनाव लड्ने हिम्मत नभएको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको सांगठनिक प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले एमालेका विरुद्ध सबै दलहरुको अपवित्र गठबन्धन गर्दा पनि स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत ल्याएको जिकिर गर्दै गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिष्पर्धा गरे पनि त्यो असफल हुने दावी गरेका हुन् ।

उपाध्यक्ष पौडेलले संवैधानिक ‘कु’ गरेर आएकाहरु एमालेसँग एक्लै लड्नु बन्चारोले आफ्नै खुट्टामा हान्नु जस्तै ठान्ने टिप्पणी गरे । उनले एमाले एक्लै चुनाव लड्ने र निर्वाचनपछि सके बहुमतको त्यो नभए सबैभन्दा ठूलो दलको रुपमा एमालेले सरकारको नेतृत्व गर्ने दावी गरे ।

उपाध्यक्ष पौडेलले गठबन्धनले एमालेविरुद्ध विभिन्न झुठा भ्रमहरु सिर्जना गरेको भन्दै त्यस्ता भ्रमहरुलाई चिर्नका लागि कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्