काठमाडौं । कोटेश्वर क्षेत्रमा अनधिृकत रुपमा निर्माण गरिएका संरचना काठमाडौं महानगरपालिकाले हटाउन थालेको छ ।

कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको छ ।
अहिले धमाधम फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेको र अनधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने नगरप्रहरीले जनाएको छ ।














