Logo
Logo

आजको मौसम : प्रदेश १ मा भारी वर्षाको सम्भावना


378
Shares

काठमाडौं । आज प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

साथै प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ। सोमबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्