Logo
Logo

ट्राफिकका हाकिमको घुस असुलीको काइदा, स्कुलका बस समात्दै लिन थाले फाइदा


- दृष्टि न्युज/संवाददाता


पोखरा । निजी विद्यालय सबैसँग आफ्नै बस किन्ने क्षमता हुँदैन । सेन्ट जेभियर्स, लिटिल एन्जेल्स, वनस्थली जस्ता स्कुलले पनि कालोप्लेटका भाडाका गाडीमा विद्यार्थी लाने र लैजाने गर्दछन् । तर कास्की ट्राफिक प्रहरीका प्रमुख मुरारी मिश्रले पोखराका निजी स्कुलले विद्यार्थी बोक्ने कालोप्लेटका बसहरु चलाउन नपाउने कहीँ नभएको नियम लगाएका छन् । र, कालोप्लेटका विद्यार्थी बोक्ने बसहरु नियन्त्रणमा लिन थालेका छन् ।

कालोप्लेट प्रयोग गरी विद्यार्थाी बोक्ने स्कुल बसलाई पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ । कालो प्लेट राखेर विद्यार्थी बोक्न प्रयोग गर्दै आएको ५ वटा बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो ।

पोखरा ट्राफिकका अनुसार पिस जोन एकेडेमीको ‘ग १ क, ६४२’, जुनियर सिटिजन्स एकेडेमीको ‘ना ८ ख, ३६०४’, मेट्रोपोलिटन एकेडेमीको ‘ग १ ख, २७६१’, एलए सेकेन्डरी स्कुलको ‘ग १ ख, २४८८’ र होलि एन्जल सेकेन्डरी स्कुलको ‘ध १ ख, २४६’ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ५ सवारीमध्ये ४ वटा कालो प्लेटका छन् । ट्राफिक प्रहरीका प्रमुख मिश्रले स्कुलका बस नियन्त्रणमा लिएर तर्साई असुली गर्न खोजेको आरोप छ । स्कुलहरु सबैले आफ्नै बस संचालन गर्न कठिन छ, ट्राफिक प्रहरीले घुस मोलमोलाई गर्नकै लागि बस नियन्त्रणमा लिएको आरोप लागेको छ । ट्राफिक प्रमुख मिश्रले सवारी अनुमतिपत्र बितरणमा समेत सेटिङ गर्ने गरेको भनी बारम्बार समाचार आइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी अनुमतिपत्र बितरणमा अनियमितता गरेको आरोपमा कास्की ट्राफिकका असई केशर मल्लबिरुद्ध पनि मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्