Logo
Logo

इनारमा खसेर महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


चितवन, २४ साउन । भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज शुक्रबार बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो ।
इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन् । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्