Logo
Logo

सरकारले गलत समयमा विधेयक ल्यायो : गगन थापा


83.4k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालबारे सरकारले ल्याएको विधेयकबारे स्पष्ट जानकारी राख्न नसक्दा संसदप्रति सही धारणा नबनेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ को दफावार छलफलका क्रममा कांग्रेस महामन्त्री समेत रहेका थापाले सही समयमा विधेयक नल्याएकाले विधेयकमार्फत गर्न खोजिएको व्यवस्थाबारे स्पष्ट पार्न नसकिएको बताए ।

उनले अघि भने, ‘विधेयक प्रस्तुत गर्ने पक्षले जसरी प्रस्तुत गर्नुपर्थ्यो, जसरी विचार निर्माण गर्नुपर्थ्यो त्यो गर्न नसक्दा आज कसरी प्रस्तुत भएको छ बाहिर ? मानौं हामी एक–दुई महिनाको पारिश्रमिक र सेवासुविधाका निम्ती सबै मरिहत्ते गरिरहेका छौं ।’

कोही पारिश्रमिक लिने पक्षमा रहेको र कोही पारिश्रमिक नलिने पक्षमा रहेको भन्दै तर सवै एकदुई महिनाको पारिश्रमिक लिनका लागि मरिहत्ते गरिरहेका छन् भन्ने अर्थमा बुझिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्